अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

<span class='c1'>अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा</span> <span class='c2'>जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह</span>

विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

आज (बुधबार) उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले लोहन्द्र पुल उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले जहदा र कटहरी जोड्ने पुलको आजै उद्घाटन गरेका छन् । सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ ।
‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु,’ पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्