नेकपा एमाले विराटनगर अधिवेशन : हार्दा नेता हार्ने चुनाव प्रतिनिधिको हातमा

<span class='c1'>नेकपा एमाले विराटनगर अधिवेशन : हार्दा</span> <span class='c2'>नेता हार्ने चुनाव प्रतिनिधिको हातमा</span>

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । पार्टी कार्यालय पाञ्चालीमा जारी मतदानमा दुईवटा प्यानल प्रतिस्पर्धामा रहेका छन् ।
बैशाख २ गते पाञ्चालीमा उद्घाटन भएको अधिवेशन ४ गते मतदान प्रक्रियामा गएको हो । हिजो उमेदवारी मनोनयन भएको थियो । ९१ जना अधिवेशनबाट निर्वाचित हुनेमध्ये ६८ जना सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् । अब महानगरपालिकाको बहुचर्चीत मानिएको पाँच पदाधिकारी र १८ सदस्य निर्वाचनबाट निर्वाचित हुनेछन् ।

पदाधिकारीमा वर्तमान संगठन कमिटीका अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी (नविन) को प्यानल रहेको छ । यी दुई प्यानलबीचको प्रतिस्पर्धा भने उमेदवारबीच मात्रै हुने देखिएको छैन । हार्दा केन्द्रका नेताहरु हार्ने निर्वाचनको परिणाम ३१४ जना प्रतिनिधिको हातमा रहेको छ । संस्थापन पक्ष भनिएको प्यानलका कोइरालालाई केन्द्रीय उपाध्यक्ष गुरु बराल, प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, संघीय सांसद ऋषिकेश पोखरेलसम्मले समर्थन गर्दै आएका छन् । गिरी समुह नेता बिनोद ढकाल र १० औं जिल्ला अधिवेशनबाट निर्वाचित मोरङको टिम रहेको छ ।

दशौं जिल्ला अधिवेशनको झल्को महानगरको अधिवेशनमा समेत देखिएपछि यहाँ रोहित कोइरालाले अध्यक्षमा हार्दा बराल, राई, कार्कीदेखि पोखरेलसम्म हार्ने स्थिति सिर्जना भएको छ । गिरीले हार्दा बिनोद ढकाल र सागर थापाहरु हार्नेछन् । महानगरपालिकाको निर्वाचनमा यो परिस्थिति सिर्जना हुनमा भने संस्थापनको नाममा राजनीति गर्नेहरुले नै खडा गरेको आरोप लाग्दै आएको छ । अधिवेशनको उद्घाटन सत्रमा संस्थापन भनिएका रोहित कोइरालाले नै निम्ता दिएर पुगेका केन्द्रीय सल्लाहाकार सदस्य बिनोद ढकालमाथि भएको अपमानले कार्यकर्तामा केहि न केहि नकारात्मक प्रभाव संस्थापन पक्षले नै छोडेको बुझाई छ । राजनीतिक भएर पनि कोइरालालाई निर्वाचनमा उद्घाटनका दिनको घटनाले पिरोलेको हो ।

यता गिरीलाई अगाडी सारेपछि ढकाल खेमामा रहँदै आएका मिनकुमार आचार्यले राजीनामा दिएका छन् । ढकालले राजनीतिलाई जटिल बनाउने भन्दा सरल बनाउनुपर्छ भन्ने मान्यता राख्ने भएका कारण उनले समर्थन गरेको गिरी प्यानलले निर्वाचनमा हावी हुनसक्ने अनुमान गरिएको छ । तर, प्रतिस्पर्धामा रहेका दुवै उमेदवार युवा रहेकोले मतदानको प्रक्रियामा प्रतिनिधि कसरी प्रस्तुत हुन्छन् भन्ने परिणामबाट मात्रै सार्वजानिक हुनेछ ।

कोइराला प्यानलमा उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वास छन् । गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजादको उम्मेदवारी छ ।

अधिवेशनले ९१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ । यसका लागि १५ मनोनित सहित ३१४ प्रतिनिधिले मतदान गर्नेछन् । नेकपा एमालेको विराटनगर महानगर कमिटि भने १०१ सदस्यीय हुनेछ । जसमध्ये ९१ जना हलबाट निर्वाचित र बाँकी निर्वाचित समितिबाट मनोनित हुने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्