विराटनगरको ढलमा कन्डम, प्याड र डाइफरको अवरोध, ठोस फोहोर नहाल्न कार्यालयको अनुरोध

<span class='c1'>विराटनगरको ढलमा कन्डम, प्याड र डाइफरको</span> <span class='c2'>अवरोध, ठोस फोहोर नहाल्न कार्यालयको अनुरोध</span>

विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रसम्म दुईहजार चारसय बढी घरको हजबाट निस्कने मलमुत्रसहित पानी पुग्दछ । ढल प्रणाली विस्तार भएको क्षेत्रका घर यसमा जोड्न नसक्ने अवस्थामा महानगरपालिकाले आफैं मेशिन प्रयोग गरेर तान्ने गरेको छ ।

महानगरले साढे १३ बिघा जग्गा खरिद गरेर विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । घर भित्रका शौचालयको हजमा जम्मा भएको फोहोर ढल प्रणालीको पाइपमार्फत टिट्रमेन्ट सेन्टरसम्म पुगेर प्रशोधन हुँने गरेको छ ।
हालसम्म ढल प्रणालीको सेवा क्षेत्र विस्तार भएका विराटनगर महानगरपालिकाको ६, ७, ८, ९, १०, ११ र १४ नम्बर वडाका घरका हजमा जम्मा हुने फोहोर प्रशोधन हुँदै आएको हो ।

घरको शौचालयबाट जाने मलमुत्र हजमा जम्मा हुन्छ । यो हाउस चेम्बरदेखि सडकको छेउतर्फ रहेको इन्लेट हुँदै ढलको मेन होल पुगेर पाइपमार्फत मलमुत्र प्रशोधन केन्द्रसम्म पुग्ने हो । तर, सेवाक्षेत्र भित्रका कतिपय सेवाग्राहीले यसको महत्वलाई बुझ्न नसक्दा मलमुत्रसँगै अन्य ठोस फोहोर समेत पेन वा हज भित्र हाल्ने गर्दा यसले मलमुत्र बग्न अवरोध पु¥याउने गरेको गुनासो नगरपालिकाका कर्मचारीहरुको छ ।
विराटनगर–१४ स्थित फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रका सुपरभाइजर पुरुषोत्तम लामिछानेका अनुसार कन्डमको प्रयोग गरेपछि पेनमार्फत हजमा पठाउने चलन धेरै देखिएको छ । जसका कारण हजमा पुगेको कन्डममा पानी भरिएर इन्लेट तथा मेनहोलतर्फको पाइपमा भरिएर अड्किने गरेको छ । एउटा इन्लेटमा धेरैवटा घरको कनेक्सन हुन्छन् । कुनै एक घरबाट यसरी जाने ठोस फोहोरका कारण इन्लेट जाम भए सबै घरको हज भरिने समस्या हुनसक्छ । कतिपयले गुट्का खाएर समेत पेनमार्फत फल्स गरेर हाल्ने गरेका छन् । कतिपय घरबाट कपालका पोका जम्मा हुँदै गएर इन्लेटमा जान गर्ने गरेको छ ।

लामिछानेका अनुसार कन्डममा पानी भरिएर फुलिने, प्याड र डाइपर पानीले भिजेपछि फुलिने गर्दा पाइपमा जम्मा हुने गरेको छ । हाउस चेम्बरबाट इन्लेटसम्म घरधनी आफैंले जोडेको फोहोर बग्ने पाइप सानो छ । सानो पाइप जडान गरेर ठोस फोहोर समेत पेनमार्फत फल्स गरेर बगाउँदा त्यसले बग्न अवरोध गर्ने समस्या धेरै आउने गरेको लामिछाने बताए । अझै कतिपयले सडकको केन्द्रभागमा रहेको मेन होल खोलेर बोरामा भरिएको फोहोर समेत फ्याँक्ने गरेको पाइएको छ । यसरी बोरामा भरिएको फोहोर मेन होलमा फ्याँक्दा एउटा निश्चित क्षेत्रकै फोहोर बग्न समस्या हुने गरेको छ ।

लामिछानेले ढलबाट बग्ने पानी तथा मलमुत्रलाई अवरोध पुग्ने किसिमका कुनैपनि फोहोर नफ्याँक्नका लागि सेवाग्राहीलाई अनुरोध गरेका छन् । उनले कसैले गरेको यस्तो कार्यले अरुलाई समेत असर पर्ने भएकोले यस्तो नगरिदिन अनुरोध गरेका हुन् ।
मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत ३ अर्ब २७ करोड ८१ लख ४० हजार लागतमा ३६ किलोमिटर नाला, ६३ किलोमिटर ढल, ४० दशमलव ८५३ किलोमिटर सडक र ढल तथा फोहोर पानी प्रशोधन केन्द्रको लागत अनुमान गरिएको थियो ।
निर्माण कम्पनी सिटिसिइ–कालिका जेभि काठमाडौंले २ अर्ब ३९ करोडमा ठेक्का सम्झौतामा लिएको थियो । सन् २०१३ डिसेम्बर २ मा ९ सय दिनभित्र सक्नेगरि सन् २०१७ मे २७ तारेखसम्मको म्याद भएपनि महानगरले छ पटकसम्म म्याद थप गरेर सन् २०१८ डिसेम्बर १५ सम्म सम्झौता लम्ब्याएको थियो । निर्माण कम्पनिले ३ अर्ब १३ करोड रुपिँया भुक्तानी महानगरबाट लिएको थियो ।

यति ठूलो योजना अन्तर्गत बनेको यो परियोजना अन्तर्गतको ढल प्रशोधन केन्द्र अहिले सञ्चालनमा रहेको छ । यसमा शौचालयको मलमुत्र सडकको इन्लेट, मेनहोल, पाइप हुँदै विराटनगर–१४ मा बनेको ट्रिटमेन्ट प्लान्टमा पुग्छ । त्यहाँ पुगेको ढल सुरुमा इन्क्लोजरमा जम्मा हुन्छ । त्यसपछि समपोयलमा पुग्छ । त्यसपछि कलेक्सन चेम्बर, ओएर एण्ड ग्रिज चेम्बर, ग्रिट चेम्बर, डिष्ट्रिब्यूसन चेम्बरमा पुगेपछि तीनवटा पोखरीमा जम्मा हुन्छ । पोखरीका पनि दुईवटा सेक्टर छन् । एनएरोबिक पोण्डमा जम्मा भएपछि यसको प्राकृतिक प्रशोधन सुरु हुन्छ । त्यसपछि फ्याकल टेटिभ पोण्डमा पुगेपछि यो सुद्ध भएर सिंघीया खोलामा आउटलेट हुने गरेको छ । २०७७ सालमा निर्माण कम्पनीले हस्तान्तरण गरेको यो परियोजनाका छ पोखरीमध्ये हालसम्म पाँच पोखरीमा मात्रै प्रशोधन गरेको पानी पुगेको छ । अन्तिम पोखरीसम्म पानी पुगेको छैन । कार्यालयका ल्याब अफिसर श्रवण साहका अनुसार यो आउटलेट हुँदासम्म पूर्ण प्राकृतिक भएपछि मात्रै खोलामा मिसिने हो । तर, अझै १५ वर्ष अगाडी यहाँको पानी निस्कन सक्ने संभावना कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्