विराटनगरका राम्रा सामुदायिक विद्यालयलाई अभिभावकको दवाव थेग्न मुस्किल

<span class='c1'>विराटनगरका राम्रा सामुदायिक विद्यालयलाई</span> <span class='c2'>अभिभावकको दवाव थेग्न मुस्किल</span>

इन्दु साह
विराटनगर । विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान नहुँदा अभिभावक चिन्तित छन् ।

विगत १९ दिनदेखि लगातार काठमाडौंमा भईरहेको शिक्षक आन्दोलनले सामुदायिक विद्यलयमा भर्ना रोकिएको हो । तर, विराटनगर ३ स्थित पोखरीया मा.वि. ले शनिवार अभिावकको दवावमा प्रवेश परीक्षा सम्पन्न गरेको छ । लगभग दुईहजार ४ सय विद्यार्थी प्रवेश परीक्षा लेखेका छन् । तर, प्राविधिकतर्फको आइतबार हुने परीक्षा भने विद्यालयले स्थगन गरेको छ ।

शनिबार कक्षा दुईदेखि ९ सम्मका विद्यार्थी परीक्षामा सामेल थिए । शिक्षकहरुका विभिन्न संस्थाले पोखरीया मा.वि. ले प्रवेश परीक्ष गराएकोमा आपत्ति जनाउदै विज्ञप्ति जारी गरेका छन् । तर, कक्षा १ मा ७० जना बालबालिका शनिबार नै भर्ना भईसकेका छन् । विद्यालयलाई अभिभावकको दवाव थेग्न सक्ने अवस्था नभएपछि परीक्षा र भर्ना गर्नुपर्ने स्थिति आएको हो । तर, यसमा विद्यालय प्रशासन अभिभावकको दवावमा परेको भए पनि पोखरीयाका प्राचार्यका विरुद्ध शिक्षक संघसंगठनदेखि महासंघसम्मले कारबाहीको चेतावनी दिएका छन् । पोखरीया मा.वि. का प्राचार्य खेमराज भट्टराई भने काठमाडौंमा भईरहेको शिक्षक आन्दोलनमा सहभागी छन् । उनले भने विद्यालयले प्रवेश परीक्षा वैशाख ३ गते तोकेकोमा आन्दोलनका कारण ६ गतेलाई सारिएको थियो । सरकारले आन्दोलनका माग पुरा नगरेपछि आन्दोलन लम्बियो तर शिक्षकले अभिभावकको दवाव थेग्न नसकेपछि प्रवेश परीक्षा गराउनुपर्ने बाध्यता आईलागेको थियो ।

वैशाख ६ गते पनि नगरी अझै पछि धकेल्ने कुरो शिक्षकहरुबट आयो तर यता अभिभावकले परीक्षा हुनुपर्छ भनी विरोध जनाउदै दवाव दिएपछि बाध्य भएको दावी छ । विद्यालयमा प्रवेश परीक्षा गराउन विद्यालय व्यवस्थापन समितिले नेतृत्व लिएको थियो । त्यसका अन्य विद्यालय पढाई रहेका शिक्षकहरुसँग सहयोग लिइएको थियो ।

आन्दोलनको कारण देखाउँदै शिक्षकहरुले परीक्षा रोक्न खोज्दा अभिभावकले प्रवेश व्यवस्थापन समितिलाई दवाव दिएका हुन् । विद्यालयको अनुसार पछिल्लो समय महानगरका विद्यार्थीहरु सामुदायिक विद्यालय तर्फ आकर्षित भईरहेको समयमा प्रवेश परीक्षा लामो समयसम्म रोक्दा उक्त आकर्षण घटेर जाने अवस्था पनि आउन सक्ने संभावना छ । तर शिक्षकहरुको माग पुरा नभएसम्म कक्षा संचालन गराउन सक्ने अवस्था नरहेको प्राचार्यको भनाई छ । प्रत्येक वर्ष पोखरीया मा.वि. का विद्यार्थीले देशभरीमै उत्कृष्ट नतिजा प्राप्त गर्दै विद्यालयको नाम देशभर चिनाउन सफल भएका छन् । अभिभावकहरुले समेत कुनै पनि विद्यालयले शिक्षक आन्दोलककै कारण भर्ना अभियानमा असर पार्न नहुने भन्दै पोखरीया मा.वि. व्यवस्थापन समिति समक्ष आग्रह गरेका थिए । सामान्यतया वैशाख १ गते देखि १५ गतेसम्मको अवधिमा विद्यार्थी भर्ना गरिसक्नुपर्ने हो । तर, यस पटक विद्यालयको पठनपाठन र भर्ना एकै साथ हुने अन्य विद्यालयका प्राचार्य बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्