ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी: निधन भएका र घाइतेको पहिचान

<span class='c1'>ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी: </span> <span class='c2'>निधन भएका र घाइतेको पहिचान</span>

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुई जना घाइतेको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् ।

त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य उहाँका १० वर्षीय छोरा भविमय आचार्य छन् । उहाँहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ५ः०० बजे विद्युतको पोलबाट चुडिएको तार सडकमा झरेको र उक्त तारमा बोलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुना साथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्