विराटनगरको विरेन्द्र सभागृहमा कोशी प्रदेशको लगानी सम्मेलन हुने

<span class='c1'>विराटनगरको विरेन्द्र सभागृहमा कोशी</span> <span class='c2'>प्रदेशको लगानी सम्मेलन हुने</span>

विराटनगर । विराटनगर महानगरपालिकाले प्रवलीकरण गरेर व्यवसायीक प्रयोजनका लागि ठेक्का आह्वान गरेको विरेन्द्र सभागृहमा कोशी प्रदेशको पहिलो लगानी सम्मेलन हुने भएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार प्रदेश लगानी सम्मेलन गरेर विरेन्द्र सभागृहमा पहिलो कार्यक्रम गर्ने अवसर प्राप्त भएको हो।

यसको उद्घाटन गरिएको छैन । यद्यपी महानगरपालिकाले सभागृहमा लगानी सम्मेलन गर्नका लागि अवसर जुटाएको हो ।

२० करोड बढी लागतमा निर्माण सम्पन्न भएको सभागृहमा लगानी सम्मेलनको उद्घाटन र समापन गर्ने तयारी भएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार अन्य थिमेटिक सेसन भने बिग र रत्ना होटलमा हुनेछन् । आागमी बैशाख १८ र १९ गते कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदैछ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्