इन्दु साह
विराटनगर । विराटनगरका विद्यालयमा अहिले कुनै पनी किसीमको गतिविधि भएको छैन । नयाँ भर्नाको अवधिमा यरी विद्यालयनै बन्द अवस्थाम छ ।
महानगरका शिक्षा महाशाखा प्रमुख राम ढुंगेलका अनुसार शिक्षक आन्दोलनकै कारण भर्ना सम्वन्धि कुनै पनी गतिविधि नभएको हो । अन्य वर्ष यो समय विद्यालयमा विद्यार्थी भर्ना धमाधम भईरहेको अवस्था थियो तर यस पटक शिक्षक आन्दोलका कारण नगरका विद्यालयहरु सुनसान देखिएको छ ।
महानगरका शिक्षकहरुले विद्यालय शिक्षा विधेयक २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक माग पुरा नभएसम्म विद्यालयमा भर्ना लगायत कक्षा संचालनसम्मको कुनै गतिविधि गर्न नदिने जानकारी गराएको ढंगेलले बताए । शिक्षकहरुलाई भर्ना अभियान रोकिदा विद्यार्थीको पढाईमा असर पर्ने भन्दै छलफलकालागि महानगरले बोलाउदा शिक्षकहरु नआएका हुन् । शिक्षकका अनुसार संघले पुरागर्नु पर्ने भएकोेले स्थानीय सरकारसंग छलफलको कुनै औचित्य नभएको भन्दै उनीहरु नआएका हुन् ।
महानगका शिक्षकहरु सबै अहिले काठमान्डौमा जारी शिक्षक आन्दोलनमा छन् । उक्त आन्दोलन २१ दिन देखि जारी छ । महानगरका विद्यालयका प्रधानध्यापकहरुका भन्छन् जतिसक्दो सरकारले शिक्षको माग पुरा गर्दछ, त्यतिनै छिटो विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन संचालन हुन्छ । सरकारले शिक्षकहरुको माग लाई पुरा नगर्दा आज देशभरीकै विद्यालयमा पठनपाठन बन्द भएको उनीहरुको भनाई छ । प्रधानध्यापकहरु भन्छन् विद्यार्थीको पठनपाठन र भर्नामा यो आन्दोलनले प्रभाव त पारिरहेको छ यो कुरा सरकारले पनी बुझ्नु पर्ने हो । पोखरीया मा.वि. का प्रधानध्यपक खेमराज भट्टराई समेत आन्दोलनमै छन् । उनका अुसार वैशाख १५ गते सम्ममा सरकारले शिक्षकको माग सम्वन्धि केहि निर्णय लिनसक्ने सम्भावना रहेको छ । विद्यालय बन्द भई विद्यार्थीको पठनपाठनमा परिरहेको असर हामीले बुझेका छौ त्यसैले आन्दोलनकै कारण पाठ्यक्रम सक्न ढिलाई भए, विद्यालयले पाउने हिउँदे विदा र बर्खे विदा काटेर भएपनी पठनपाठनलाई निरन्तरता दिईने उनको भनाई छ ।
यता आदर्श मा.वि का प्रधानध्यापक सन्तोष पोखरेलले अहिले शिक्षक आन्दोलन जारी रहेको अवस्थामा विद्यालयमा भर्ना देखि पठनाठन जस्ता गतिविधी नहुने बताउछन् । मागपुरा हुनसाथ भर्ना र पठनपाठन एकैसाथ निरन्तर हुने उनले बताएका छन् । साथै शिक्षकहरुको मागपुरा नभए कक्षा १२ को परीक्षामा समेत सहयोग नगर्ने विराटनगरका शिक्षकहरुको भनाई छ ।
यता अभिभावकहरु बालवालिकालाई भर्ना गराउने भन्दै दैनिक विद्यालयको बन्द गेट देखे र र्फकने गरेका छन् । अभिभावकमा दिन प्रति दिन विद्यालयमा भर्ना र पठनपाठन नहुदा चिन्ता बढ्दै गएको छ । महानगरका विद्यालयमा केहिवर्षदेखि विद्यार्थीहरु आकर्षण बढिरहेकोबेला अब को अवस्थाले अभिभावहरुको सामुदायक विद्यालय प्रतिको विश्वास घट्दै जाने देखिएको छ । शिक्षक आन्दोलनको फाईदा अहिले निजि विद्यालयहरुलाई भएको छ । सामुदायक विद्यालयमा भर्ना अभियान रोकिएको समयमा निजी विद्यालयमा भने धमाधम भर्ना भईरहेका छन् ।
नेपाल शिक्षक महासंघका मागहरु यी हुन्
१। राहत, करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी
२। स्थायी हुँदा अस्थायीको सेवा अवधि जोड्ने, नहुनेलाई गोल्डेन हेन्डसेक
३। विद्यालय कर्मचारीको तह तोकेर शिक्षक सेवा आयोगबाट स्थायी गर्ने
४। बाल कोटाका शिक्षकलाई दरबन्दीमा परिणत गरी स्थायी प्रक्रिया थाल्ने
५। स्थायी शिक्षकको १० वर्षमा तहगत बढुवा, निजामती सरह तलब र ग्रेड
६। प्राविबाट निमावि हुँदै मावि शिक्षक बन्न आन्तरिक प्रतिस्पर्धामा कोटा
७। द्धन्द्ध पीडित र शिक्षक नेताको टुटेको अवधि गणना गरी उपदान वा पेन्सन
८। निजी स्कूलका शिक्षकको तलब सामुदायिक सरह, सामाजिक सुरक्षा कोष
५। प्रधानाध्यापकको छुट्टै दरबन्दी, स्थायी शिक्षकबीच प्रतिस्पर्धाबाट नियुक्ति
१०। शिक्षण काउन्सिल स्थापना, राज्यको मर्यादाक्रममा शिक्षकको पनि तोक्ने
११। शिक्षक नियुक्ति, सरुवा, कासमु, कारवाहीको अधिकार स्थानीय तहलाई नदिने
१२। सबै तहका सरकारको शैक्षिक प्रशासनका पदहरुमा शिक्षण पेसाबाट लैजाने