विराटनगरका निजी विद्यालयमा भर्ना हुने विद्यार्थीले कति बुझाउनुपर्छ शुल्क ?

<span class='c1'>विराटनगरका निजी विद्यालयमा भर्ना हुने</span> <span class='c2'>विद्यार्थीले कति बुझाउनुपर्छ शुल्क ?</span>

विराटनगर । विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित संस्थागत (सार्वजानिक गुठी) समेत विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको सिफारिस अनुसार अधितक लिन पाउने शुल्क निर्धारण गरि सम्बन्धित विद्यालयहरुमा महानगरपालिकाले परिपत्र गरेको हो ।

निर्धारित शुल्क अनुसार आधारभूत तह कक्षा ५ सम्मका लागि मासिक शुल्क दुईहजारदेखि दुई हजार ५०० सयसम्म, वार्षिक शुल्क अतिरिक्त क्रियाकलाप, खेलकुद, प्रयोगशाला, मर्मत र पुस्तकालयका लागि ४ हजारदेखि ५ हजारसम्म, भर्ना शुल्क वार्षिक एक पटकका लागि दुईहजार देखि दुईहजार ५०० सम्म, परीक्षा शुल्क एक हजारदेखि एकहजार २५० सम्म र शैक्षिक सामाग्री शुल्क दुईसयदेखि २५० सम्म लिन पाउने प्रावधान राखिएको छ । महानगरपालिकाले निर्धारण गरेको शुल्क अनुसार अतिरिक्त क्रियाकलाप, भर्ना शुल्क, परीक्षा शुल्क, शैक्षिक सामाग्री शुलक वर्षमा एक पटक मात्रै लिन पाईनेछ ।

यसैगरी आधारभूत तह कक्षा ६ देखि ८ सम्मका लागि मासिक शुल्क दुईहजार ५०० देखि तीन हजार, वार्षिक शुल्क अतिरिक्त क्रियाकलाप, खेलकुद, प्रयोगशाला, मर्मत र पुस्तकालयका लागि ५ हजारदेखि ६ हजारसम्म, भर्ना शुल्क वार्षिक एक पटकका लागि दुईहजार ५०० देखि तीनहजारसम्म, परीक्षा शुल्क एक हजार २०० देखि एकहजार ५०० सम्म र शैक्षिक सामाग्री शुल्क २५० देखि ३०० सम्म लिन पाउने प्रावधान राखिएको छ । यसमा समेत अतिरिक्त क्रियाकलाप, भर्ना शुल्क, परीक्षा शुल्क, शैक्षिक सामाग्री शुलक वर्षमा एक पटक मात्रै लिन पाईनेछ ।

यसैगरी माध्यमिक तह कक्षा ९–१२ का लागि भर्ना शुल्क मासिक शुल्क तीन हजारदेखि पाँच हजारसम्म, वार्षिक शुल्क अतिरिक्त क्रियाकलाप, खेलकुद, प्रयोगशाला, मर्मत र पुस्तकालयका लागि ६ हजारदेखि १० हजारसम्म, भर्ना शुल्क वार्षिक एक पटकका लागि तीन हजारदेखि पाँच हजारसम्म, परीक्षा शुल्क तीहजारदेखि एकहजार ५०० सयदेखि दुईहजार ५०० सम्म, शैक्षिक सामाग्री शुल्क तीनसयदेखि पाँचसयसम्म लिन पाउने प्रावधान तोकिएको छ । यसमा समेत अतिरिक्त क्रियाकलाप, भर्ना शुल्क, परीक्षा शुल्क, शैक्षिक सामाग्री शुलक वर्षमा एक पटक मात्रै लिन पाईनेछ ।

महानगरपालिकाले निर्धारण गरेको शुल्कमा शिक्षा नियमावली २०५९ को अनुसुची २२ को खण्ड ख को उपखण्ड ७ बमोजिम विद्यालयले प्रदान गरेको सेवा सुविधा अनुसार ख वर्गका विद्यालयले थप २५ प्रतिशत र क वर्गका विद्यालयले थप ५० प्रतिशतसम्म बृद्धि रकम लिन पाउनेछन् ।
यस बाहेक विद्यालयहरुले आवास शुल्क, खाना÷खाजा शुल्क, कम्प्यूटर शुल्क, विशेष प्रशिक्षण शुल्क, परिवहन शुल्क, शैक्षिक भ्रमण शुल्क, अन्तर विद्यालय प्रतियोगिता शुल्क र धरौटी फिर्तासँग सम्बन्धिका शुल्कहरुमा अभिभावकको परामर्श अनुसार निर्धारण गर्न भनिएको छ ।

यसैगरी निजी विद्यालयहरुले विराटनगर महानगरपालिकाबाट स्वीकृत संस्थागत छात्रवृत्ति वितरण कार्यविधी २०८१ बमोजिम छात्रवृत्ति उपलब्ध गराउन पनि भनेको छ । शैक्षिक सत्र २०८२ व्यवस्थापनका लागि सर्कुलर जारी गर्दै महानगरपालिकाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई तोकिएको पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्