विराटनगरमा सक्रिय बालक्लवद्वारा शिक्षक महासंघ विरोध, पोखरियाको भर्नामा अवरोध नगर्न माग

<span class='c1'>विराटनगरमा सक्रिय बालक्लवद्वारा शिक्षक महासंघ विरोध,</span> <span class='c2'>पोखरियाको भर्नामा अवरोध नगर्न माग</span>

इन्दु साह
विराटनगर । पोखरिया माध्यमिक विद्यालयले लिएको प्रवेश परीक्षापछि शिक्षा महासंघले विद्यालयका प्राचार्यमाथि गरेको दवावका विरुद्ध विद्यालयको सक्रिय बालक्लवले विरोध जनाउँदै विज्ञप्ती जारी गरेको छ । गत बैशाख ६ गते भर्ना अभियानका लागि प्रवेश परीक्षा लिएको पोखरिया विद्यालयका प्राचार्य विरुद्ध शिक्षक महासंघ मोरङले विरोध गर्दै ७ गते हुने प्राविधिक धारको परीक्षा रोकिएको भन्दै बालक्लवले विरोध जनाएको हो ।

नेपाल शिक्षक संघ, मोरङ जिल्ला कार्य समितिले जारी गरेको विज्ञप्तिमा विद्यालयले आयोजना गरेको प्रवेश परीक्षा संचालनमा रोक लगाएको उल्लेख गरिएको छ। प्रवेश परीक्षालाई गैरजिम्मेवार र आन्दोलनको मर्मविपरीत भएको ठहर गर्दै शिक्षक महासंघले कडा विरोध जनाएको थियो। शिक्षक महासंघले पोखरीया मा.वि का प्राचार्य खेमराज भट्टराईलाई कारवाहि गर्ने समेतको चेतावनी दिएको छ ।

यता सक्रिय बाल क्लब पोखरियाले विज्ञप्ति प्रकाशन गरेर शिक्षक÷कर्मचारीको व्यवसायीक सम्मान र शिक्षा प्रणालीको गुणस्तरीय विकास प्रति प्रतिबद्ध रहेकोले जनाएको छ । तर, विद्यालयले प्रवेश परीक्षा लिएको सम्बन्धमा नकरात्मक टिकाटिप्णी नगर्न अनुरोध गरेका छन् । विद्यार्थीले सामाजिक सञ्जालमा भएका टिप्पणी तथा प्रचारले विद्यालयको छविमा नकारात्मक प्रभाव परेको जनाउँदै कुनै पनि कदम चाल्नु अघि सबै पक्षको धारणा बुझ्न आवश्यक रहेको आग्रह गरेको छ। पोखरिया मा.वि का कक्षा ९ का विद्यार्थी तथा सक्रिय बालक्लवका रोशन कुमार महतोले विद्यालयले लिएको प्रवेश परीक्षालाई लिएर अहिले शिक्षक महासंघले सामाजिक संजालमा नकारात्मक टिका टिप्णी गररिहेकोप्रति आपत्ति जनाएका छन् । उनी सक्रिय बालक्लवका उपसभापति समेत छन् । उनले समयमै भर्ना नगर्दा विद्यालयको छवि विग्रने भन्दै यस्तो नगर्न आग्रह गरेका छन् ।

अहिलेसम्म शिक्षक आन्दोलनलाई अभिभावक र विद्यार्थीले समर्थन गरी रहेको तर पोखरियाका प्राचार्य विरुद्ध चेतवनी दिने कार्य भएमा विद्यार्थीले नै जवाफ फर्काउने भन्दै विज्ञप्ती निकालिएको छ । अझै पनि पोखरीया मा.वि मा प्राविधिक धार तर्फको प्रवेश परीक्षा नभएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्