इटहरीमा प्रमुख-उपप्रमुख झगडा लगाएको आरोप लागेका मेहतालाई विराटनगरमा अस्वीकार

<span class='c1'>इटहरीमा प्रमुख-उपप्रमुख झगडा लगाएको आरोप</span> <span class='c2'>लागेका मेहतालाई विराटनगरमा अस्वीकार</span>

विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्मचारी सरुवामा प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगीताकुमारी चौधरीबीच कर्मचारी सरुवामा झगडा लगाएको आरोपमा विराटनगर महानगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई हाजिर नगराउने निष्कर्ष निकालिएको छ । गत पुस २८ गते प्रमुख पौडेल र प्रशासकिय अधिकृत मेहताले ७७ जना कर्मचारी सरुवा गरेको विषय विवादित बनेको थियो । इटहरीमा विवाद सिर्जना भएपछि नै विराटनगर आउन चाहेका मेहतालाई त्यसैबेला देखि महानगरपालिकाका जनप्रतिनिधिले अस्वीकार गर्दै आएपछि बैशाख लागेपछि सल्लाह नगरी सरुवा पठाएको भन्दै अस्वीकार गर्ने निष्कर्ष निकालिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा मेहतालाई विराटनगर पठाइएको थियो । यसअघि इटहरी उपमहानगरपालिकामा प्रशासकीय अधिकृत र त्यसभन्दा भोक्राह गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत उनलाई विराटनगरले भने अस्वीकार गर्ने अडान लिएको छ ।

‘पटक–पटक विवादमा परिसक्नु भएको छ’ उपप्रमुख शिल्पा निराला कार्कीले भनिन्–विराटनगर कम्तिमा शान्तसँग चलिरहेको स्थानीय तह हो, उहाँ आएपछि अन्तको विवाद सर्ला की भन्ने हामीलाई परेको छ । उपप्रमुख कार्कीका अनुसार यस अगाडी नै मेहतालाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा नस्वीकार्ने कुरा मन्त्रालयमा पुगिसकेको थियो । भन्दाभन्दै सल्लाह नै नगरी यहाँ पठाई दिएपछि हामीले पनि हुन्न भन्न त पाइन्छ, उपप्रमुख कार्कीले भनिन्–हामी विवादरहित स्थानीय तहको रुपमा सञ्चालन गर्न चाहन्छौं । अरु कुनै पनि कुरा हामीले भन्न खोजेका हैन ।

विराटनगरका प्रमुख नागेश कोइरालाले मेहता आफूसँग सहमतिसमेत नलिई सरुवा लिएर आएको भन्दै उनलाई हाँजिर गर्न नदिने बताईसकेका छन् । उनले सेटिङमा पठाएको आरोप लगाएका छन् । खासमा उनी विराटनगर आउन पुसदेखि नै तम्तयार पार्दै गरेको सुचना समेत महानगरपालिकामा थियो । त्यसबेला इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिले मेहतालाई ल्याउँदा जतिसुकै मिलाउन खोजेपछि भाँडिने भन्दै विराटनगरका जनप्रतिनिधिलाई भनेका थिए ।

गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए । पौडेल नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने चौधरी नेकपा एमालेबाट निर्वाचित उपप्रमुख हुन् । कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै ३ माघमा उमपेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्य बैठकले सरुवाको निर्णय उल्टाएको थियो । कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १, ६ र १३ सहितका वडा बाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमाले जनप्रतिनिधिको गुनासो थियो । त्यसमा मेहताले सहमति जनाएका कारण विवाद भएको निष्कर्ष निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्