आवासीय चिकित्सकको माग सम्बोधन हुनुपर्ने भन्दै चिकित्सक संघ कोशी पनि आन्दोलित

<span class='c1'>आवासीय चिकित्सकको माग सम्बोधन हुनुपर्ने भन्दै</span> <span class='c2'>चिकित्सक संघ कोशी पनि आन्दोलित</span>

विराटनगर । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघ, कोशी शाखाले आकस्मिक बाहेकका सेवा शुक्रबारदेखि ठप्प पार्ने चेतावनी दिएका छन् । मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले आवासीय चिकित्सकहरूको माग सम्बोधन गर्न माग गरेका छन् ।

चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा. बालकृष्ण साहले तीनवटा माग सम्बोधन गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिएका हुन् । संघका अध्यक्ष डा. राजेन्द्र चौधरीको नेतृत्वमा आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएपछि केहिबेर धर्ना समेत दिएको थियो । यस्तै प्रकृतिको विरोधसहित चिकित्सक संघ कोशी प्रदेशका प्रतिनिधि र इनरुवा अस्पतालका चिकित्सकसहितको टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्रमा उल्लेख गरिएको मागहरुमा आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सक सरहको सेवा, सुविधासहित निर्वाह भत्ता दिने भनी गरिएको निर्णय निजी मेडिकल कलेजमा समेत लागू गर्नुपर्ने रहेको छ । त्यसैगरी आवासीय चिकित्सकहरूको कार्यसमय सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड निर्माण गर्नुपर्ने र चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर रहेको छ । वैशाख ११ गतेसम्म माग सुनुवाइ नभए वैशाख १२ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलन चर्काउने चेतावनी चिकित्सक संघ कोशीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्