क्रिकेटर सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग

<span class='c1'>क्रिकेटर सिद्धान्त लोहनीको</span> <span class='c2'>उपचारमा क्यानको सहयोग</span>

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।

मधेश प्रदेश क्रिकेट सङ्घको आयोजनामा गत २०८० जेठ १५ देखि २६ गतेसम्म जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो । सोही प्रतियोगिताका दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए । उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए ।

गण्डकी प्रदेशविरुद्धको खेलमा उनको घुँडामा चोट लागेका थियो । उनको उपचारका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिद्धान्तको हाल भारतमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्