कोशीको चुरेमा क्रान्तिकारी धुन

<span class='c1'>कोशीको चुरेमा</span> <span class='c2'>क्रान्तिकारी धुन</span>

विराटनगर । चुरे तराई क्षेत्रमा जनसाङ्गितिक अभियानसँगै क्रान्तिकारी धुन घन्काउन थालिएको छ । माओवादी केन्द्रले ९ दिने अभियानमार्फत चुरेमा क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सुरु गरेको हो ।

बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका थिए ।
बिहीबार उदयपुरको गाइघाट बजारमा कार्यक्रम गरिएको माओवादी प्रदेश सचिव गणेश उप्रेतीले जानकारी दिएका छन् । यो कार्यक्रम वैशाख १२ गते उदयपुरको बेल्टार, वैशाख १३ गते सुनसरीको धरान, वैशाख १४ गते मोरङको केराबारी बजार, वैशाख १५ गते मोरङको मधुमल्ला बजार मिक्लाजुङ, वैशाख १६ गते इलामको चुलाचुली, वैशाख १७ गते झापाको बुद्धशान्तिमा र वैशाख १८ गते झापाको बाहुनडाँगीमा गएर टुंगिने उनले बताए ।

अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरुले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरु सुनाउने गरेका छन् । प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको छ । सांस्कृतिक अभियानमा कलाकारको तर्फबाट भने फ्याक्सन इन्चार्ज राकेश किराँती, अनुशा राईलगायतले नेतृत्व गरेका छन् । कार्यक्रममा १–२ जना मात्रै वक्ता राखिएको र पाँच वटासम्म गीत नृत्य तथा अबको बाटो शीर्षकमा नाटक प्रस्तुती हुने गरिदैं आएको छ ।

उद्घाटन समारोह उत्साहजन रहेको र गर्मीको बीचमा पनि स्थानीयहरु स्वतःस्फूर्त आएको दावी छ । माओवादीले यसअघि तराई मधेश हुलाकी राजमार्ग लक्षित कार्यक्रम संचालन गरेको थियो । सो पार्टीले आगामी ८४ को निर्वाचनमा ठूलो पार्टी बनाउने उद्देश्यका साथ अभियान संचालन गरेको हो । अभियानका क्रममा प्रचण्ड नेतृत्वको सरकारको पालामा भ्रष्टाचारीहरु समातेको, सुशासनको सुरुवात गरिएको, सामाजिक न्यायको लागि काम गरिएको र अन्तराष्ट्रिय फोरमहरुमा देशका तर्फबाट दह्रो कुराहरु राखेको बताउने गरेको छ । यस्तै राजावादीहरुले चलाएका भ्रमहरुलाई पनि चिर्ने प्रयास भएको थियो । त्यो कुरा नागरिकसम्म पुगेर माओवादीले सुनाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्