भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृ*त्यु

<span class='c1'>भारतको मध्य प्रदेशमा इनारमा गाडी</span> <span class='c2'>खस्दा १२ जनाको मृ*त्यु</span>

काठमाडौँ । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा पीडितहरू मन्दिरतिर जाँदै थिए । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि चालकले नियन्त्रण गुमाएपछि नजिकैको इनारमा खसेको थियो । बाइक चालकको तत्काल निधन भयो । गाडीमा सवारहरूलाई बचाउन इनारमा हाम फाल्ने एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रत्येक मृतकको परिवारलाई २ लाख भारतीय रुपियाँ आर्थिक क्षतिपूर्ति घोषणा गर्नुभएको छ । सिन्ह्वाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्