ईटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउन समझदारी

<span class='c1'>ईटा उद्योगहरुलाई व्यवस्थित र</span> <span class='c2'>वातावरणमैत्री बनाउन समझदारी</span>

काठमाडौं । नेपालका ईटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी संघ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण सामग्री उत्पादक संघ नेपाल बीचको आधिकारिक समझदारी पत्र हस्ताक्षर भएको हो ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त कम्पनीहरु बीच आधिकारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौता पत्रले नेपालमा कम कार्बन उत्सर्जन गर्ने वातावरणमैत्री ईटा उत्पादनको लागि अन्तर्राष्ट्रिय न्यूनीकरण परियोजना सहकार्यमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ । यस्तो समझदारीले कम कार्बन भएका ईटा उत्पादन प्रविधिहरूमा संक्रमणलाई सहज बनाउन, दिगो निर्माण अभ्यासहरूलाई प्रवद्र्धन गर्न र विश्वव्यापी जलवायु प्रतिबद्धताहरूमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री ईटा उद्योगहरुको स्थापनामा कोरियन कम्पनीहरुले सहयोग गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्