विराटनगर । सुनसरीको बर्जु गाँउपालिका– ३ बाट १९९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्र १–०२– ००२ च ५१२६ नम्बरको पिकअप लोड गरिएको अवस्थामा १९९ किलो गाँजा बरामदसहित चालक र सहचालक पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय सीतागञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन भट्टराईको कमाण्डमा खटिएको प्रहरीले चालक धनकुटा नगरपालिका– ९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यसैगरी बैशाख १५ गते राती धनकुटाको चौबिसे गाउँपालिका– ५ मा ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरेर राखेको अवस्थामा ९ सय ४६ किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि ट्रकसहित ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले चौविसे गाउँपालिका– ५ का मनोज लिम्बुलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु विरुद्ध थप अनुसन्धान भईरहेको जनाएको छ ।