डाइनामिक मोरङ कमिटीले दक्षिण कोरियामा वनभोज कार्यक्रम आयोजना गर्दै

<span class='c1'>डाइनामिक मोरङ कमिटीले दक्षिण कोरियामा</span> <span class='c2'>वनभोज कार्यक्रम आयोजना गर्दै</span>

सियोल । डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले शनिबार र आइतबार (मे ३ र ४, २०२५) मनोरञ्जनात्मक वनभोज कार्यक्रम आयोजना गर्न लागेको छ।

मोरङबाट दक्षिण कोरियामा काम गर्न गएका नेपालीहरुको लागि वनभोज कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम ग्यात्इनफिल्सन नामक स्थानमा आयोजना हुनेछ, जुन ग्येओंगी प्रान्तको अनसान शहरको दानवन जिल्लामा अवस्थित छ। ठेगाना: ग्येओंगी अनसान सिटी दानवन-गु देबु-नामडोंग ४६०-१३। समितिको मूल नारा "प्रवासमा रहेका मोरङ्गेलीहरूको एकता, आपसी सद्भाव, सहयोग र सहकार्यमा हाम्रो प्रतिबद्धता" रहेको छ। यो कार्यक्रम डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाको ७ औं कार्यसमितिद्वारा आयोजना गरिएको हो।

वनभोज कार्यक्रममा विशेषगरी कोरियामा बसोबास गर्ने मोरङ जिल्लाका नेपालीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच एकता र सामुदायिक भावना बढाउने उद्देश्य राखेको छ। डाइनामिक मोरङ कमिटीले यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू, खेलकुद गतिविधिहरू र सामूहिक भोजको आयोजना गर्ने जनाएको छ। कार्यक्रमले दक्षिण कोरियामा बस्ने नेपालीहरूलाई आफ्नो संस्कृति र परम्परा जीवन्त राख्न मद्दत गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्