सुनचाँदीको मूल्य घट्दो क्रममा

<span class='c1'>सुनचाँदीको मूल्य</span> <span class='c2'>घट्दो क्रममा</span>

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी रु एक हजार ९६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्