विराटनगर । विराटनगर र बुढीगंगा आसपासमा पछिल्लो दुई महिनायता चोरीमा संलग्न रहँदै आएका एकजनालाई प्रहरीले पक्राउ गरेका छ । मोरङ प्रहरीका अनुसार घर, पसल, पार्टी प्यालेस जस्ता ठाँउहरुबाट सुन चाँदीका गरगहना, नगद पैसा, मोबाइल, भाँडावर्तन तथा अन्य जिन्सी सामान चोरीमा संलग्न पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका वडा नं. २ बस्ने बर्ष २७ को सुमन तोलाङगीलाई प्रहरीले चोरीमा संलग्न आरोपमा पक्राउ गरेको हो । प्रहरीले लामो समय सिसी टिभी फुटेजको अध्ययन गत बैशाख १९ गते विराटनगर रंगशाला क्षेत्रबाट उनलाई पक्राउ गरेर म्याद थपि अनुसन्धान थालेको मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।
आरोपित तोलाङ्गीले गत फागुन २९ गते विराटनगर महानपालिका वडा नं. ३ स्थित साजन पार्टी प्यालेसको अफिसको कोठामा राखेको तीन तोलाको सुनको गहना र नगद दुइलाख चोरी गरेको आरोप छ । घटनापछि राहुल शर्माले दिएको निवेदन र बुढीगंगा गाउँपालिका वडा नं. १ बस्ने नवराज भट्टराईको घरबाट विभिन्न सुनका गर गरगहनाहरु, नगद पैसा तथा अन्य जिन्सी सामानहरु चोरी भएको २०८२ बैशाख १० गतेको निवेदनको आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
प्रहरीले निवेदन भट्टराईको घरबाट चोरी भएका गहना राख्ने बट्टाहरु समेत बरामद गरेको जनाएको छ । घटनामा उनले चोरी गरेको सुन कहाँ बिक्री गर्थे भन्ने विषय अनुसन्धान भईरहेको जनाइएको छ । सुनका गहना खरिद गर्ने पसलले अनिवार्य बिल माग्नुपर्ने हुन्छ । तर, बिना बिलको सुनका गहना खरिद गर्ने व्यक्ति बारे समेत प्रहरीले निगरानी सुरु गरेको छ ।