पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह

<span class='c1'>पुलको टेन्डर गर्ने तर पूरा नगर्ने</span> <span class='c2'>सरकारको प्रवृत्ति छ : सांसद सिंह</span>

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बागमती नदीको हुलाकी राजमार्ग अन्तर्गतको दुईवटा पुल अझै निर्माण हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

आज(आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको पुल सरकारको ध्यान नपुग्दा अझै निर्माणमा १०–१५ वर्ष लाग्ने देखिएको बताए ।

उनले भने,‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन् । २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन् । अझै १० –१५ वर्ष लाग्ने देखिन्छ । सरकारको त्यसमा कुनै ध्यान छैन् ।’
त्यस्तै उनले सरकारको पुलको टेन्डर गर्ने तर पूरा नगर्ने प्रवृत्ति रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्