त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न आग्रह

<span class='c1'>त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको</span> <span class='c2'>बेइज्जत नगर्न आग्रह</span>

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुइ वटा बनाए तर चलेका छैनन् पोखरा र भैरहवा । तर काठमाडौं विमानस्थलमा नागरिकहरुको गुनासो आइपछि म आफैं गएको थिए । विमानस्थलमा अस्तव्यस्तताको एकदमै पराकाष्ट छ । ठाउँको अभाव छ । चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल परिरहन्छ । लगेज लिनपनि घन्टौं पर्खिनुपर्ने अवस्था छ । लगेजको कहिलेकाही ताल्चा फुटाइन्छ । जुन एउटा अन्तराष्ट्रिय विमानस्थल चलिरहेको छ । त्यसको पनि बेइज्जत नगरौं ।’

उनले एउटा अन्तराष्ट्रिय विमानस्थल चलिरहेका भए पनि यसको अन्तर्राष्ट्रिय बेइज्जत नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्