रतुवामाईमा बिहे घरमा करेन्ट लागेर दुई जनाको मृत्यु

<span class='c1'>रतुवामाईमा बिहे घरमा करेन्ट</span> <span class='c2'>लागेर दुई जनाको मृत्यु</span>

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको एक विवाह घरमा करेन्ट लाग्दा दुई महिलाको मृत्यु भएको छ ।

मंगलबार राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाई र ७३ वर्षीया सुर्यदेवी गनगाईको मृत्यु भएको हो।

स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार बिवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । करेन्ट लागेर ३० को राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।

करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

राधाकुमारी सिंह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्