काठमाडौं। लोकतन्त्रको मान्यता र चरित्र भनेको जनताले चाहेको जस्तो हुनुपर्ने सांसद इश्वर बहादुर रिजालले बताएका छन्।
आज(बिहीबार) प्रतिनिधीसभाको सुन्ने समयमा बोल्दै एमाले सांसद रिजालले पुँजीबादको चरित्र अराजक हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रमा खबरदारी हुनुपर्ने समेत बताएका छन् ।
उनले अराजकतामा अनुशासन नहुने बताएका हुनु । सांसद रिजालले राम्रा कुरामा खण्डन मात्र नभइ मनन गर्नुपर्ने बताएका हुन् । उनले लोकतन्त्र भित्रको सरकार सङ्खयाले चल्छ तर संख्या भित्रको सरकार लोकतन्त्रले नचल्ने बताए छन् । उनले लोकतन्त्रक मालिक र दास नभई लोकतन्त्र भनेको जनता सरह हुने बताएका छन् ।
जनताको प्रतिनिधीको थलो लोकतन्त्र रहेकाले लोकतन्त्रलाई राम्रो गर्न आवश्यक रहेको बताएका छन् । सांसद रिजालले लोकतन्त्र एउटा चेतना मात्र नभइ समाजमा सामूहिकता, आर्थिक समानता र राजनीतिमा स्वतन्त्रता रहेको बताएका हुन् ।