कीर्ते गरी नक्कली कागजात बनाउने पक्राउ

<span class='c1'>कीर्ते गरी नक्कली</span> <span class='c2'>कागजात बनाउने पक्राउ</span>

काठमाडौं । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काजी कुमार आचार्यले कीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन् ।

आज(बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका-७ फुटुङ् स्थितमा विभिन्नं सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको आरोपमा तीन जना प्रतिवादी पक्राउ गरेको बताएका हुन् ।

पक्राउ पर्ने मध्ये गोरखा भिमसेनथापा गाउँपालिका-१ मसेल घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-२ देवीचोक बस्ने बर्ष ४६ को अन्जनी बयलकोटीसहित तीन जनालाई जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका-७ फुटुङ्बाट पक्राउ गरिएको हो । अधिकारी आचार्यले विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसंग सम्बन्धित सामाग्रीसहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्