त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

<span class='c1'>त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी,</span> <span class='c2'>डेढ बर्षभित्र सबै काम सकिने</span>

काठमाडौं । त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ ।

निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण रुपमा काम सक्न अझै डेढ बर्ष लाग्ने देखिएको हो ।

‘हाल ट्याक्सी–वे’, ह्यांगर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माणको काम जारी छ । नागरिक उड्डयन प्राधिकरण ९क्यान० हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार हाल नियमित हवाइ उडानमा कुनै किसिमको अवरोध नगरी काम भइरहेको छ ।
गत २३ कात्तिकदेखि दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म०उडान–अवतरण बन्द गरेर थालिएको निर्माण कार्यमा असर नपर्ने गरी १९ माघदेखि भने ८ घण्टा मात्र विमानस्थल बन्द गरेर विस्तार गरिएको थियो । तर अहिले विहान ६ बजेदेखि रातको १२ बजेसम्म उडान जारी राखेर काम गरिरहेका छौं,’ श्रेष्ठले भने ।

ट्याक्सी–वे विस्तारको काम सकिएपछि त्रिभुवन विमानस्थल बृहत बनाउने गुरुयोजनाअन्तर्गत काम अघि बढाइएको छ । धावनमार्गका दुवै बिन्दुतर्फका समानान्तर ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्यांगर क्षेत्र निर्माण सकिएपछि ठूलो विमानस्थल सुविधा सम्पन्न हुने श्रेष्ठले बताए । विमानस्थल स्तरोन्नतिको काम सकिएपछि धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्ने अनुमान गरिएको छ ।
हालसम्म करिब ७० प्रतिशत बढी काम सकिएको र चाँडै काम सकेर सुविधा सम्पन्न र क्षमतावान विमानस्थल बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सचिवालयले जनाएको छ । १५ अर्ब रुपैयाँ लागतको परियोजनामा विमानस्थलको स्तरोन्नति भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्