सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्यो : मन्त्री राणा

<span class='c1'>सगरमाथा संवादको पहिलो दिन सकारात्मक</span> <span class='c2'>रह्यो : मन्त्री राणा</span>

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले सगरमाथा संवादको पहिलो दिन एकदमै सकारात्मक भएको बताएकी छन् ।

आज(शुक्रबार) ‘सगरमाथा संवाद’ पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद दिदैँ संवाद सकारात्मक भएको बताईन् ।

उनले भनिन्, ‘सबै प्रतिष्ठित वक्ताहरूलाई उनीहरूको भनाइमा व्यक्त हुने बहुमूल्य अन्तर्दृष्टिको लागि धन्यवाद दिन चाहान्छु । तपाईको विचार र आवाजले हाम्रो अगाडि बढ्ने बाटो, हाम्रो सामूहिक कार्यलाई आकार दिन साँच्चै धेरै महत्वपूर्ण भूमिका खेल्छ । सबैले जलवायु परिवर्तनको बारेमा विस्तृत जानकारी दिनुको साथै जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न आफ्नो देशमा गरिरहेका कामहरुको बारेमा पनि जानकारि गराउनु भएको छ ।’

यस्तै, उनले हिमालहरु नभएको देशले पनि यसमा चासो देखाएको भन्दै यसले नेपाललाई अझै प्रोत्साहन गरेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्