पापी सन्तान

<span class='c1'>पापी</span> <span class='c2'>सन्तान</span>

- निर्मला देवी तिम्सिना 'कान्छी'
बादल ठुस्किएपछि पानी पर्छ।
शरीर तातेपछि पसिना झर्छ।
मन दुखेपछि आँसु झर्छ।
चोट लागेपछि रगत बग्छ।

तिम्रो शरीर चिर्दै निस्किएकी म,
कति रगत बग्यो थाहा छैन !
तिमी हाँस्न सक्यौ या सकेनौ
रोयौ, चिच्यायौ ,करायौ
या मौन रह्यौ
तिमी समुद्र बन्यौ या खहरे!
थाहा भएन तर
म रुँदा तिमी रुन्थ्यौ।
म हाँस्दा तिमी हाँस्थ्यौ।

हिमालमा घाम पर्दा हिउँ मुस्कुराए झैँ।
मेरो खुसी तिम्रो लागि सर्वोपरि थियो।
सगरमाथा झैँ उच्च अनि चम्किलो।
सुन त ! आज तिमी टाढा भएर पनि
अगाडि झलझली छौ
गतिशील देखिने छायाँचित्र झैँ,
तिमी मेरो गाँसको फिक्रीमा छौ
सोध्छौ खाइस् या खाइनस्
कति चोटी खाँदा खाँदैको
आफ्नो गाँस रोक्यौ होला !
न झुटो बोल्न सक्छु न सत्य नै!
तिम्रो प्रश्न मेरो मौनतामा बिलाउँछ।
जसरी भुइँमा असिना झरेर बिलाउँछ।
मेरो तातेको निदारमा तिम्रो हात छैन।
मेरो भोको पेटमा तिम्रो हातको भाग छैन।
मेरो मलिन मुहारमा तिम्रा नजर छैनन्।
एक्लो बृहस्पति भएको छु आमा
एक्लो बृहस्पति।
साँच्चै आमा तिमीबाट छुट्टिएर बस्दा
मुटु पट्ट फुटेको त छैन तर
फुट्ला जस्तो धेरै चोटी भएको छ ।
तिमीलाई पनि त्यस्तै भएको होला।
मेरो अभावमा शिथिल शरीर,
शिथिल मन
शिथिल नजर
झनै कति शिथिल भएका होलान् !
चाहना थियो तिम्रै वरिपरि बसेर
तिमीलाई नै सुमसुम्याउने ,
तर कस्तो बाध्यता बनाइदियो कर्मले !
एकै पेट मानुको लागि ,
कति नमज्जाले अलग्यायो।
तिम्रो चाकरमा सलबलाउनु पर्ने मेरा हात
अरु कसैको चाकडीमा जकडिएका छन्
निर्दय निष्ठुरी शरीरमा।
ढुङ्गो टुसाउला बरु
नटुसाउने आत्मामा।
त्यही आत्मामा बग्दै छन्
मेरा नुनिला नेत्रधाराहरू !
साँच्चै आमा म पापी सन्तान हुँ।
किनकि तिम्रो सेवक बन्न सकिनँ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्