संसद जनताहरुलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

<span class='c1'>संसद जनताहरुलाई ढाट्ने थलो</span> <span class='c2'>बन्यो : सांसद कार्की</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद जनताहरुलाई ढाट्ने थलो रहेको बताएकी छन् ।

आज(आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘बाहिरबाट हेर्दाखेरी यो संसदको लोप लाग्थ्यो । तर संसदभित्र आइसकेपछि के थाहा पाए त यो त ढाट्ने थलो पो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरष्ठ ठाउँ त कहिँ पनि रहेनछ । यहाँ बोलिदो रहेछ तर बोलेका कुरा नसुनिदो रहेछ । यहाँ कुसीहरु खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदको रुपबाट ढाट्दो रहेछ ।’

उनले यो सरकार निरकुंश भैइरहेको बताइन् । उनले बन्नुपर्ने विषयहरुमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरु खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन् । उनले भनिन्, ‘बन्नुपर्ने विषयहरुमा हामी छलफल गरिरहेका हुन्छौं तर यता मान्य ज्यूहरु खासखुस र मोवाइलमा गेम खेलिरहेको सिन देखिन्छ । यो सरकार निरकुंश भैइरहेको छ । बोल्ने लेख्ने स्वतन्त्रता किन हुँदैन ? गणतन्त्रले दिएको यही हो नेपाली जनातालाई उपहार ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्