कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार ग‍र्यो

<span class='c1'>कतारले उपहार दिएको बोइङ–७४७</span> <span class='c2'>विमान अमेरिकाले स्वीकार ग‍र्यो</span>

काठमाडौं । अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ ।

अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ ।

यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ । यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भए पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो । कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्