ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

<span class='c1'>ग्रिसको क्रेट टापुमा</span> <span class='c2'>६.१ म्याग्निच्युडको भूकम्प</span>

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ ।

पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ । ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा साइक्लेड्स समूहको सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरू बीच जनवरीको अन्त्यदेखि मुख्यतया कम परिमाणका हजारौँ भूकम्प रेकर्ड गरिएको छ ।

यो भूकम्पीय झुण्डले कुनै जनधनको हानि वा महत्त्वपूर्ण क्षति पुर्‍याएको छैन । अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् । तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको घटना अनुभव गरेको थिएन । रासस/एएफपी

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्