सायद, फेरी कतै मैले 'सुपर-वुमन' शब्द सुने भने म उहाँलाइ नै सम्झनेछु । उहाँलाइ देख्दा मलाइ त्यस्तै लाग्याे । उहाँ त्यहि महिला सिटि रिक्सा चालिका हाे जसले हिजाे मलाइ सफारीमा बसाएर मेराे घरसम्म पुर्याउनु भएकाे थियाे ।
म उहाँकाे सफारीकाे पछिल्लाे सिटमा थिए । हामी हाइवे हुदै अायल निगम नजिकैकाे मेराे घर तिर जाँदै थियाैं । त्यहि बेला उहाँले अाफ्नाे सफारी अचानक कञ्चनबारी चाैकमा राेक्नु भयाे । सुरूमा लाग्याे, कुनै पेसेन्जर देखेर राेक्नु भएकाे हाेला । तर,मेराे अन्दाज भन्दा फरक उहाँ रिक्साबाट उत्रनु भयाे र एक बृद्धलाइ सडक पार गराउन उहाँले सहयाेग गर्नु भयाे । पछिल्लाे सिटमा बसेकाे थिए म, मैले भर्खरै देखेकाे दृष्यले म अाफुलाइ नै भित्रबाट लज्जित बनायाे । म अाफुले त्यसाे कहिल्यै गरेकाे थिइन । यस्ता दृष्य पनि यदाकदा मात्र देख्न पाइन्छ अचेल । सबै अा-अाफ्नै दाैडधुपमा व्यस्त छाैं, अरूका लागि समय छुट्याउने उहाँ देख्दा खुसी लाग्याे । उहाँ प्रति त्यहि समय सम्मान जाग्याे ।
घर पुग्न लाग्दा मैले उहाँलाइ त्यहि कुरा सुनाए । उहाँ भन्दै हुनुहुन्थियाे, 'कहिले काँही वृद्ध र गरिबहरूलाइ पैसा नलिइ पनि पुर्याइदिने गरेकाे छु ।'
उहाँकाे काम र व्यवहार मनमा खेलाउदै गर्दा नाम साेध्नै भुलेछु । तर चिन्ता भने छैन, यति मनकारी मान्छेसँग सायद फेरी कतै भेट भइ नै हाल्छ हाेला ।
तस्विर र शब्द: विवेक चम्लागाइ
अनुवाद: सराेज कार्की