अब कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार कार्यालय

<span class='c1'>अब कोशी प्रदेशका सबै</span> <span class='c2'>जिल्लामा पूर्वाधार कार्यालय</span>

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १४ वटा जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ ।

कोशी प्रदेश सरकारको आज(सोमबार)बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशमा यसअघि सातवटा सहरी विकास कार्यालय र सात वटा पूर्वाधार कार्यालय थिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार ती कार्यालय प्रत्येक जिल्लामा थिएनन् ।

कुनै जिल्लामा सहरी र पूर्वाधार दुईटै कार्यालय थिए । त्यसका कारण एउटा कार्यालयले दुई तीनवटा जिल्लासम्म हेर्नुपर्दथ्यो । अब प्रत्येक जिल्लाले आफ्नो जिल्लाको मात्रै काम हेर्नुपर्ने र यसले सेवा प्रवाहमा सजिलो हुने सरकारले विश्वास लिएको छ । मन्त्री भण्डारीले यो निर्णयले काम छिटो छरितो र हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्