प्याब्सन चित्रकला प्रतियोगितामा विराटनगरका २० विद्यार्थी छनौट

<span class='c1'>प्याब्सन चित्रकला प्रतियोगितामा विराटनगरका</span> <span class='c2'>२० विद्यार्थी छनौट</span>

विराटनगर । प्याब्सन विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय चित्रकला प्रतियोगिताबाट २० जना विद्यार्थी जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।

विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा सिनियर तर्फ ११ र जुनियर तर्फ ९ जना गरी जम्मा २० जना विद्यार्थीहरु जेठ २९ गते हुने जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट भएका हुन् ।

प्रतियोगितामा सिनियर समूहतर्फ बुढानिलकण्ठ स्कुलका योगराज साह प्रथम घोषित भए भने जुनियर समूहतर्फ सुम्निमा बोर्डिङ स्कुलकी कृष्टीना राईले प्रथम स्थान हासिल गरिन् । सिनियर समूहतर्फ द्वितीय दिल्ली पब्लिक स्कुलकी प्रेरणा पण्डित, तृतीय ग्रेडेड स्कुलकी कृतिका यादव तथा चौथो स्थान एभरेष्ट स्कुलकी रोनी सापकोटाले प्राप्त गरे । यसैगरी जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सिनियर समूहबाट मोर्डन एरा स्कुलकी अंकिता श्रेष्ठ, हेरिटेज स्कुलकी इच्छा बज्राचार्य, पूर्वाञ्चल विद्या सदन स्कुलकी अनिशा राई, डिएभी स्कुलकी सलोनी सोनी, मदरल्याण्ड स्कुलका ओमप्रकाश शर्मा, गौतम बुद्ध स्कुलका आयुष्मा आचार्य तथा बिनायक स्कुलका महावीर कुमार मेहतर छनौट भएका छन् ।

जुनियर समूहतर्फ द्वितीय कान्तिपुर स्कुलका बिप्लव दास, तृतीय ग्रीनल्याण्ड स्कुलका आविष्कार कार्की र चौथो हेरिटेज स्कुलका कोभिड कुन्डलिया घोषित भए । यस्तै, जिल्लास्तरीय चरणमा सहभागी हुने जुनियर विद्यार्थीहरुमध्ये ओडीसि स्कुलकी आयुषा कायुम खान, बिनायक स्कुलकी न्यान्सी कुमारी साह, अपर्ण स्कुलका पेसल पराजुली, बुढानिलकण्ठ स्कुलकी सुश्रीन भट्टराई र शिक्षादीप स्कुलका रोहन साह पनि छनौटमा परे ।
प्रतियोगिताको मुल्याङ्कन ललित कला संगम मोरङका अध्यक्ष प्रकाश चौधरीको नेतृत्वमा भएको थियो । प्रतियोगितामा ३१ विद्यालयका कुल ५८ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रम संयोजक यादव प्रधानका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरुको सिर्जनात्मकता र चित्रकलामा भएको रुचिलाई प्रवद्र्धन गर्नु थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रीय प्रागिक सल्लाहकार सावित्रा पराजुलीले विद्यार्थीमा रहेको क्षमता उजागर गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिइन् । प्याब्सन विराटनगर महानगर अध्यक्ष अर्जुन श्रेष्ठले चित्रकला जस्तो सिपलाई व्यवसायिक स्तरसम्म पु¥याउन सकिने उल्लेख गर्दै विद्यार्थीहरुलाई जिल्लास्तरीय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलला सिंह सुवाल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष विष्णु डंगोललगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा आगामी यात्राको सफलताको कामना गरेका थिए । अब आगामी जेठ २९ गते हुने जिल्लास्तरीय चित्रकला प्रतियोगितामा यी २० जना विद्यार्थीहरुले विराटनगरको प्रतिनिधित्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्