विराटनगरको रानी आँखा अस्पतालको क्यान्टिनमा आगलागी, दुई लाख २१ हजारको क्षति

<span class='c1'>विराटनगरको रानी आँखा अस्पतालको क्यान्टिनमा आगलागी,</span> <span class='c2'>दुई लाख २१ हजारको क्षति</span>

विराटनगर । मंगलबार राति करिब ८ बजे विराटनगर-१५ स्थित रानी आँखा अस्पताल भित्रको क्यान्टिनमा आगलागी भएको छ। अनोज मण्डलले संचालन गरेको उक्त क्यान्टिनमा ग्यासको रेगुलेटर पाइप अचानक पड्किएर आगो सुरु भएको थियो।

आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर कबिन राईको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उक्त आगो राति ८:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट फ्रिज १ थान रु. ५०,०००, सिलिङ फ्यान २ थान रु. ६,०००, किराना सामान तथा खाद्यान्न रु. १,५०,००० र नगद रु. १५,००० गरी जम्मा रु. २,२१,००० (दुई लाख एक्काइस हजार) बराबरको क्षति भएको छ।

उक्त आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्