सातवटै प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

<span class='c1'>सातवटै प्रदेश सरकारको बजेट</span> <span class='c2'>आज सार्वजनिक हुँदै</span>

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ । सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट सँगै आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ । कोशी सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने तयारी गरेको छ । कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

मधेश प्रदेश सरकारले कृषिक्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । मधेशमा गत वर्ष ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट आएको थियो ।

बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा ६८ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बागमतीले ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश सरकारले गत वर्ष ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको थियो । पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेशले बजेट ल्याउँदै छ । बजेट प्रस्तुत गर्नकालागि लुम्बिनी प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको छ । लुम्बिनी प्रदेश सरकारले ३२ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर यस वर्ष ३२ अर्बको सिलिङ तोकिएको थियो।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।

कर्णाली प्रदेश सरकारले आगामी आवका लागि पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार छ । आगामी बर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी भएको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्