बिराटनगर चैत्र १० ,
बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा झापाकी २४ बर्षीय एलिना भण्डारीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन । सामान्य चेकअपको लागि केहि दिन अघि नोबेल आएकी उनले केहि दिन पछी तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । जन्मिएका तिनवटै बच्चाको तौल क्रमसः १ किलो १ सय ग्राम , १ किलो २ सय ग्राम र १ किलो ३ सय ग्राम रहेको अस्पतालका सूचना अधिकृत नारायण दाहालले बताउनुभयो । यस अघि एलिनाले सामान्य अवस्थामा नै १ छोरालाइ जन्म दिएको उनका श्रीमानले बताए । नवजात शिशुको एनाइसियुमा उपचार भइरहेको छ ।