इजरायली आक्रमणपछि भारतद्वारा इरानमा रहेका विद्यार्थी स्थानान्तरण

<span class='c1'>इजरायली आक्रमणपछि भारतद्वारा इरानमा</span> <span class='c2'>रहेका विद्यार्थी स्थानान्तरण</span>

नयाँदिल्ली । इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानातरण गरिएको जनाइएको छ ।

गत शुक्रबार इजरायलको इरान विरुद्ध पहिलो आक्रमणपछि तेहरानले इजरायल विरुद्ध आक्रमण गरेर प्रतिक्रिया दिइरहेको छ । यसले द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आकलन बढाएको छ ।

दुवै देशसँग सम्बन्धमा रहेको भारतले तेहरानले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि आफ्ना नागरिकहरूलाई इरानभित्र स्थानान्तरण गर्न खोजेको जनाएको छ ।

तेहरानमा रहेको भारतीय दूतावासले सुरक्षा अवस्थाको निरन्तर निगरानी गर्दै इरानमा रहेका भारतीय विद्यार्थीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गरेको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

केही विद्यार्थीलाई दूतावासको सुविधासहित इरानका सुरक्षित स्थानहरूमा सारिएको मन्त्रालयले जनाएको छ ।

गत वर्षको सरकारी तथ्याङ्कअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक छन् भने सन् २०२२ को तथ्याङ्कमा इरानमा दुई हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।

भारतले शुक्रबार दुवै देशलाई सम्भावित सहयोग विस्तार गर्न तयार रहेको बताएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै तेहरानले जवाबी आक्रमण सुरु गरेदेखि एक दर्जनभन्दा बढीको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्