इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

<span class='c1'>इरानको राजधानी नजिकैका रिफाइनरी र</span> <span class='c2'>तेल डिपोहरु इजरायलको मुख्य निशासानामा</span>

काठमाडौं । इजरायलले इरानी राजधानी तेहरान नजिकैको रिफाइनरी र तेल डिपोहरूलाई निशाना बनाएर नयाँ आक्रमण गरिरहेको छ । मध्येपुर्वका यी दुई मुलुकचि चलिरहेको युद्ध छैटौं दिनमा प्रवेश गरेको छ ।

रोयटर्सका अनुसार इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो।

रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठूलो आगो लागेको देखाएको छ ।

बुधबार बिहान इरानले इजरायलतर्फ लगभग १० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि तेल अभिभमा पनि विस्फोटहरू सुनिएका थिए, एक इजरायली सैन्य अधिकारीले भने, धेरैजसो मिसाइलहरू रोकिएका थिए । इजरायल र इरान दुवैले द्वन्द्व बढाउने योजना बनाएको संकेत गरेका छन्, जसका कारण लगातार पाँच दिनसम्म दुवै पक्षले क्षेप्यास्त्र हानाहान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्