इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि

<span class='c1'>इजरायल–इरान द्वन्द्वले कच्चा</span> <span class='c2'>तेलको मूल्यमा वृद्धि</span>

काठमाडौं । इजरायल र इरानबीचको हवाई युद्ध छैटौं दिनमा प्रवेश गर्दा बुधबार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठूलो अवरोध आउने त्रास बढेको छ ।

जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ । अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ ।

क्षेत्रीय तनावको ठूलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण सुरु ग¥यो । त्यस दिन पछि इरानले प्रतिशोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबीच गोली हानाहान अझै जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्