विराटनगर असार ८,
विराटनगरको प्रतिष्ठित शिक्षादीप कलेजलाई राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार २०२५ प्रदान गरिएको छ। काठमाण्डौमा आयोजित समारोहमा फोकस नेपालका तर्फबाट पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले शिक्षादीप कलेजलाई सम्मान गरेका छन्।
यो सम्मान कलेजको निरन्तर शिक्षा गुणस्तर र राष्ट्रिय योगदानको मान्यताका रूपमा प्रदान गरिएको हो। कलेजले पछिल्ला वर्षहरूमा विज्ञान र प्रविधिको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको छ।
यस सम्मानप्राप्तिमा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गर्व र खुशीको अनुभव व्यक्त गरे।