इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरीका भित्रै विरोध

<span class='c1'>इरानी आणविक केन्द्रहरुमा भएको</span> <span class='c2'>आक्रमणको अमेरीका भित्रै विरोध</span>

काठमाडौं । अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरीका भित्रै विरोध भइरहेको छ ।

इजरायल–इरान बिच भइरहेको युद्धमा अमेरीका प्रवेश गरेको छ । आईतबार अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुमा आक्रमण गरेको हो । अमेरिकी राष्ट्रियपति डोनाल्ड ट्रम्पले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन् । हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन् । बमको फोर्डोमा खसालिएको थियो । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा यस्तो गर्न सक्ने अर्को कुनै सेना छैन । अब शान्तिको समय हो ।’

तर ट्रम्पको यस्तो कदमको अमेरीका भित्रै र विश्वका अन्य मुलुकका नेताहरुले समेत विरोध गरिरहेका छन् । अमेरिकी सांसदहरूले कांग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन् ।

बिबिसी न्युजले उल्लेख गरे अनुसार इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई ‘अपमानजनक’ भन्दै निन्दा गरेका छन्। उनले इरानले ‘आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको’ बताएका छन् ।

हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवद्र्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्