इरानद्वारा कतारमा मिसाइल हमला, हवाई सेवा बन्द

<span class='c1'>इरानद्वारा कतारमा मिसाइल हमला,</span> <span class='c2'>हवाई सेवा बन्द</span>

अमेरिकाले आक्रमण गरेको बदलामा इरानले कतारस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ। अल उदिद एयरबेसलाई लक्षित गरी आक्रमण गरिएको हो । कतारको राजधानी दोहामा समेत बिष्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

इरानको आक्रमणपछि कतारले तत्कालका लागि आफ्नो एयरस्पेस बन्द गरेको छ । इरानको रिभोलुस्नरी गार्डलाई उद्धृत गर्दै इरानी संचारसंस्था तासनिम एजेन्सीले कतार र इराकस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गरी ठूलो आक्रमण गरिएको जनाइएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ताले आक्रमणको निन्दा गर्दै यो घटनाले अन्तर्राष्ट्रिय कानून मिचेको बताएका छन् ।

इरानको परमाणु कार्यक्रम रोक्न ११ दिनअघि इजरायलले इरानमाथि आक्रमण गर्दै आएको छ । अमेरिकाले पनि शनिबार इरानमा आक्रमण गरी युद्धमा प्रत्यक्ष संलग्न भएको थियो । इरानले इजरायलमा पनि मिसाइल आक्रमण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्