बुढीगंगा गाउँ युवा परिषदद्वारा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै

<span class='c1'>बुढीगंगा गाउँ युवा परिषदद्वारा अन्तर वडा</span> <span class='c2'>स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै</span>

बुढीगंगा । बुढीगंगा गाउँ युवा परिषदको आयोजनामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। परिषदका संयोजक क्षितिज थापा मगरका अनुसार खेलाडीहरूको आत्मबल अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता नक आउट चरणमा सञ्चालन हुनेछ, जसअन्तर्गत असार १३ गतेदेखि २१ गतेसम्म प्रतियोगिता हुने छ । सुक्चौर खेल मैदानमा प्रारम्भिक चरणका खेलहरू खेलिने छन्। यस्तै, सेमिफाइनल चरणका खेलहरू कर्मबिर माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ। फाइनल भने सुक्चौर खेल मैदानमा असार २१ गते हुने छ ।

प्रतियोगितामा बुढीगंगा गाउँपालिकाका विभिन्न ८ वटा वडास्तरीय टिमहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार यस प्रतियोगिताबाट गाउँभित्र लुकेका प्रतिभावान खेलाडीहरूलाई पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सबै तयारी पूरा गरिएको परिषदले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्