विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले एम.एस्सी.बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दावी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायले एम.एस्सी. बायोस्टाटिक्टिक्स कार्यक्रम संचालन गर्ने भएको हो । यो शैक्षिक कार्यक्रमको विषयमा विज्ञहरुसँग चिकित्सा शास्त्र संकायले अन्तरक्रिया कार्यक्रम बुधबार आयोजना गरेको छ ।
विश्वविद्यालय चिकित्सा शास्त्र संकायका डीन डा.शैलेषमणी पोखरेलका अनुसार यसको महत्वलाई अध्ययन गरेर पाठ्यक्रमको रुपमा विकास गर्ने तयारी गरिएको हो । विश्वविद्यालय रजिष्टार प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले आवश्यकता र श्रम बजारको मागलाई अध्ययन गरेर कार्यक्रम कार्यन्वयनमा ल्याउन लागिएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा प्रतावित पाठ्यक्रमका विषयमा उपप्राध्यापक नविन लामिछाने, सह–प्राध्यापक धरणीधर बराल, स्कुल अफ हेल्थ साइन्सेजका निर्देशक दिप्ती सुब्बा, सह–डीन डा. श्याम कुमार मल्लिकले प्रस्तुतीकरण गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल तथा विदेशका विश्वविद्यालयका विज्ञहरुलाई सुझावका लागि निमन्त्रणा गरिएको थियो ।
जसमा सान डियगो स्टेट युनिभर्सिटीका प्राध्यापक डा. नविन वैद्य, ओहायो विश्वविध्यालयका असिस्टेन्ट प्रोफेसर डा. प्रमेश सुवेदी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निवर्तमान अध्यक्ष प्रा.डा. गेहनाथ बराल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य डा. लिली राजबंशी, काठ्माण्डौ विश्वविध्यलय जनस्वास्थ्य बिभागका प्रमुख प्रा.डा. अर्चना श्रेष्ठ, त्रिभुवन विश्वविध्यालय जनस्वास्थ्य केन्द्रिय बिभागका प्रमुख प्रा.डा. आमोद पौड्याल, वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्रा डा शिवेन्द्र झाको उपस्थिति रहेको थियो ।
यसैगरी बिषय समितिको तर्फबाट डा. कादिर आलम, प्रा.डा. अनुप घिमिरे, कमल पराजुली पूर्वान्चल विश्वविद्यालयकाका बिभिन्न महाशाखा तथा केन्द्रका कार्यकारी निर्देशकहरु प्रा.डा. मेदनी प्रसाद शर्मा, प्रा.डा. मिनराज ढकाल, डा कोमल प्रसाद दुलाल,डा उत्तम कुमार रेग्मी, विश्वविध्यालय अनुदान आयोगका सदस्य प्रा.डा. शिवकुमार राई, त्रिवि नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख मेनुका भण्डारी, बिराट तथा नोवेल मेडिकल कलेजक र मनमोहन प्राविधिक विश्वविध्यालय प्राध्यापकहरुले प्रस्तावित पाठ्यक्रममा टिप्पणी गर्नु भएको थियो ।
डीन पोखरेलले सुझावहरुलाइ मध्यनजर गर्दै निकट भविष्य मै कार्यक्रम संचालन गर्ने र यस्तो कार्यक्रम नेपालमै पहिलो हुने दावी गर्नुभयो ।