बर्जु गाउँपालिकामा फेरी लफडा, प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात प्रयास आरोपमा श्रवण चौधरी प्रहरी नियन्त्रणमा

<span class='c1'>बर्जु गाउँपालिकामा फेरी लफडा, प्रमुख प्रशासकिय अधिकृतमाथि</span> <span class='c2'>हातपात प्रयास आरोपमा श्रवण चौधरी प्रहरी नियन्त्रणमा</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्रकुमार मेहतामाथि बुधबार कार्यकक्षमै हातपात तथा दुव्र्यवहार प्रयास भएको छ । गाउँपालिकाका भित्रको निर्माणमा दवदवा राख्दै आएका श्रवण चौधरीले प्रमुख प्रशासकिय अधिकृतमाथि दुव्र्यवहार गरेका हुन् ।

उनलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका प्रमुख एपसी सुमनकुमार तिम्सिनाका अनुसार मादक पदार्थ सेवन गरेर उनी कार्यलय पुगका थिए । त्यहाँ पुगेपछि उनले अमर्यादित कार्य गरेका थिए । प्रहरीले चौधरीलाई पक्राउ गरेपनि कुनै मुद्दामा म्याद थप गर्ने र अनुसन्धान प्रक्रिया बढाउने तयारी गरेको छैन ।

एसपी तिम्सिनाले भने–पक्राउ परेको २४ घण्टा पुग्छ, हाजिरी जमानतमा छोडेर बाँकी काम हुन्छ । श्रवण चौधरी बर्जु गाउँपालिका उपाध्यक्ष नितुकुमारी चौधरीका श्रीमान हुन् । उनी गाउँपालिका भित्र बारम्बार आफ्नो दवदवा कायम गर्दै आएका छन् । उनले प्रमुख प्रशासकिय अधिकृतलाई दुव्र्यवहार गरेपछि कर्मचारीले बिहीबार कामकाज बन्द गरेर विरोधमा उत्रिएको बताइएको छ ।

यद्यपी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष अजय कुमार चौधरीले सबै केसहरु एक घण्टामा सेटल हुने अनि मात्रै खास कुरा बताउने भन्दै भने–एउटा कुरा भाथ्यो, त्यसको हामी समन्वय गर्दैछौं, एकघण्टामा सबै कुरा थाहा पाईहाल्नुहुन्छ ।

दुईवर्ष अगाडी समेत प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतामाथि हातपात भएको थियो । बर्जु गाउँपालिका–३ का पूर्व अध्यक्ष प्रदिप चौधरीसँग योजनाको विषयमा छलफल हुँदा प्रशासकिय अधिकृतसँग धकेलाधकेल भएको थियो । श्रवण र प्रदिप साझेदारीमा काम गर्नेमा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्