कलेज प्रिन्सका लागि सविन राई विराटनगर आउने

<span class='c1'>कलेज प्रिन्सका लागि सविन</span> <span class='c2'>राई विराटनगर आउने</span>

बिराटनगर चैत १३, एड होम एड्भरटाइजिङको आयोजनामा विराटनगरमा हुन गइरहेको कलेज प्रिन्सको ग्राण्ड फिनाले यहीँ चैत २० गते हुने भएको छ । यसअघि पुर्वाञ्चल कलेज प्रिन्सेसको आयोजना गरिसकेको उक्त समुहले पुरुषहरुक‍ो लागि कलेज प्रिन्स आयोजना गर्दैछ ।
ग्राण्ड फिनालेक‍ो मुख्य आकर्षण नेपाली चर्चित गायक सविन राई हुने भएका छन् । उनिसंगै उनको प्रराओ बाण्ड पनि बिराटनगर आउने कार्यक्रमका कोरियोग्राफर साजिद आलमले बताए । बिराटनगरको विरेन्द्र सभागृहमा उक्त फिनाले आयोजना हुने आलमले जानकारी दिए । महिलाहरुको ब्युटि पेजेन्ट पछि विराटनगरमा पुरुषहरुको ब्युटि पेजेन्टलाई अहिले रोमाञ्चक कार्यक्रमको रुपमा हेरिएको छ । कार्यक्रमकाे हाेस्ट निस्मा ढुंगाना चाैधरीले गर्नेछिन ।


तस्विर: अाइएमजीस्टक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्