भारत तेलंगानाको एक उद्योगमा विस्फोट, ३४ जनाको मृत्यु

<span class='c1'>भारत तेलंगानाको एक उद्योगमा</span> <span class='c2'>विस्फोट, ३४ जनाको मृत्यु</span>

एजेन्सी । भारतको तेलंगानाको संगारेड्डी जिल्लामा रहेको सिगाची फार्मा उद्योगमा भएको रियाक्टर विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । विस्फोटस्थलमा उद्धार कार्य जारी छ। धेरै जनाको पहिचान खुल्न बाँकी छ ।

अधिकारीहरूका अनुसार सोमबार तेलंगानाको संगारेड्डी जिल्लाको पासमैलाराम फेज १ क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विस्फोटपछि आगलागी भएको थियो । सो क्रममा एक दर्जनभन्दा बढी कामदार घाइते भएका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विस्फोटमा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँको राहत घोषणा गरेका छन् ।

बिहान करिब ९ः४८ बजे सिगाची फार्मा कम्पनीको सुकाउने युनिटमा विस्फोट भएको थियो। विस्फोटबाट आगलागी भएको थियो । औद्योगिक विज्ञहरूका अनुसार, माइक्रोक्रिस्टलाइन सेल्युलोजको हावा ह्यान्डलिङ/सुकाउने क्रममा घटना भएको थियो। भग्नावशेषमुनि कति जना थिए भन्ने खुलिसकेको छैन् ।(एएनआइ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्