ज्यानमार्ने उद्योग मुद्दा प्रहरीमा हुँदाहुँदै, विराटनगरमा लुटपाट गरेको आरोपमा पाण्डे पक्राउ

<span class='c1'>ज्यानमार्ने उद्योग मुद्दा प्रहरीमा हुँदाहुँदै, विराटनगरमा</span> <span class='c2'>लुटपाट गरेको आरोपमा पाण्डे पक्राउ</span>

विराटनगर । विराटनगर–१३ रानीस्थित राईस मिलबाट एक व्यक्ति अपरहण गरेर विराटनगर १४ जतुवामा लगेर साथमा रहेको रकम लुटपाट आरोपमा विराटनगर ८ का २५ वर्षीय कुशल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । यस अघि यो घटनामा संलग्न आरोपमा विराटनगर ८ का २४ वर्षीय समिर हुसेन र विराटनगर ६ का २७ वर्षीया आशिफ अन्सारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।

गत असार ११ गते बिहान ११ः१५ बजेको समयमा पाण्डे, हुसेन र अन्सारीले आफूहरु प्रहरी भएको भन्दै विराटनगर–१५ का २० वर्षीय बिक्रमकुमार साह तेलीलाई नियन्त्रणमा लिएर तीनलाख ६४ हजार रुपैँया लुटपाट गरेको आरोप छ । त्यो घटनामा संलग्न दुईजनालाई प्रहरीले यस अगाडी नै सार्वजानिक गरिसकेको थियो । पाण्डे भने फरार रहेका थिए । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनारका अनुसार पाण्डे यस अगाडी पनि अपराध कर्ममा संलग्न रहि उनी विरुद्ध तीनवटा मुद्दा दायर भएका व्यक्ति हुन् । पाण्डे विरुद्ध इलाका प्रहरी कार्यालय रानी मोरङमा मन्जु तामाङले ज्यानमार्ने उद्योग, जिल्ला प्रहरी कार्यालय मोरङमा स्माइल साफीले ज्यान मार्ने उद्योग र प्रवेज आलमले अभद्र व्यवहार मुद्दामा जाहेरी दिएका थिए । प्रहरीको अभिषेकमा पाण्डेको हिस्ट्री राम्रो थिएन । तर पनि उनले दिउँसै प्रहरी भन्दै व्यक्तिलाई नियन्त्रण गरेर रकम लुटपाट गरेको आरोप छ ।

प्रहरीले घटना हुँदा संलग्न तीनजना भएको उल्लेख गरेपनि दुईजनालाई मात्रै पक्राउ गरेको थियो । को १४ प ३३३० नम्बरको स्कुटरमा सवार तीनजनाले पैसा बोकेर बैंकमा गइरहेका साहलाई नियन्त्रणमा लिएर खानतलासी गरेका थिए । त्यस क्रममा उनीहरुले प्रहरी भएको भन्दै केहि सोधपुछ गर्ने भन्दै विराटनगर १ बाट १४ सम्म लगेका थिए । संलग्नमध्ये दुईजना पक्राउ गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, यहि बीचमा लुटपाटमा संलग्न भएका पाण्डेलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट एकलाख ५० हजार नगद समेत बरामद गरेको छ । त्यस बाहेक त्यस बेला लगाएको कालो रंगको ट्राउजर र ट्रयाक समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्