विराटनगर । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने ४ जना विद्यार्थीले एभरेष्ट कलेज रोजेका छन् । विराटनगर ५ मा रहेको कलेजले असार १८ गते कक्षा ११ मा भर्ना हुन आउनेहरुको प्रवेश परीक्षा लिएको थियो । पहिलो चरणको प्रवेश परीक्षामा ५ सय १७ जना विद्यार्थी सहभागि भएको कलेजका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिनुभयो ।
कलेजका प्रिन्सिपल पुरीका अनुसार बिहीबार एभरेष्ट कलेजमा एसईई परीक्षामा ४ जिपिए प्राप्त गर्ने चार जनाले भर्ना गरेका छन् । कलेज प्रशासनका अनुसार एभरेष्ट स्कुलबाट ४ जिपिए प्राप्त गर्ने प्रेम खतिवडा र कृती गोयलले आफ्नै कलेज रोजेका छन् । त्यसैगरी झापा गौरादह माउण्ड एभरेष्ट मा विबाट ४ जिपिए प्राप्त गर्ने अर्पण राय र मोरङ पथरीको बाल्मिकी मा. वि.बाट निश्चल न्यौपाने रहेका छन् । भर्ना अभियान भरी कलेजमा आधा दर्जन बढीले ४ जिपिए ल्याउने विद्यार्थीले भर्ना गर्ने अपेक्षा गरेको छ । साथै संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ईलाम, उदयपुर र मधेशप्रदेशबाट आउने विद्यार्थीहरुको लागि असार २१ गते शनिवार विहान ८ बजे दोस्रो प्रवेश परीक्षा राखेको कलेजले जनाएको छ ।