बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी, ६ जनाको मृत्यु

<span class='c1'>बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको</span> <span class='c2'>खोजीकार्य जारी, ६ जनाको मृत्यु</span>

एजेन्सी । इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी छ । दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए ।

बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ । इन्डोनेसियाली खोज तथा उद्धार टोलीहरूले जीवित व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् । खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बिहीबार साँझ रात परेका कारण खोज तथा उद्धार कार्य स्थगित गरिएको र शुक्रबारबाट पुनः सुरु गरिएको बताए ।

जसमध्ये छ जनाको मृत्यु भएको पुष्टि भएको छ, २४ जना अझै बेपत्ता छन् र ३५ जना बाँचेका छन्। आपत्कालीन अवस्थाका लागि धेरै एम्बुलेन्सहरू तयार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्